भविष्यको उत्पादन मिति भएको नेपाल डेरीको आइसक्रिम नष्ट « Eglish Khabarhub

भविष्यको उत्पादन मिति भएको नेपाल डेरीको आइसक्रिम नष्ट



काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपाल डेरीको भविष्यको उत्पादन मिति लेखिएको ५१ कार्टुन मिल्क बार नामको आइक्रिम नष्ट गरेको छ ।

विभागको फेसबुक पेजमा एकजना उपभोक्ताले मैतिदेवीको किराना पसलमा नेपाल डेरीबाट उत्पादित मिल्क बार नामको आइसक्रिममा भविष्यको मिति अर्थात २०७४ भदौ ११ गतेको उत्पादन मिति राखी बिक्री भएको सुचना पोष्ट गरेका थिए ।

त्यही सुचनाका आधारमा विभागले ललितपुरस्थित नेपाल डेरी उद्योगमा अनुगमन गर्दा भविष्यको उत्पादन मिति २०७४ भदौ ७, भदौ १० लेखिएको ४० मिली लिटरका २० थान प्रति कार्टुनका दरले जम्मा ५१ कार्टुन आइसक्रिम उद्योग प्रतिनिधिको रोहवरमा नष्ट गरेको छ ।

साथै विभागले भविष्यको उत्पादन मिति भएका सो मिल्क बार बजारबाट फिर्ता गरी सोको अभिलेख तथा आवश्यक कागजात सहित ३ दिनभित्रमा उपस्थित हुन पत्राचार समेत गरेको छ ।

डेरीका संचालक ३ दिन विभागमा उपस्थित नभए खाद्य ऐन २०२३ बमोजिम कानूनी कारबाही अगाडि बढाइने विभागका प्रभक्ता पूर्णचन्द्र वस्तिले जानकारी दिए ।

Publish on: