काठमाडौं । अरव देशमा देखिएको संकटका कारण उडान रद्द घोषणा गरिएपनि नेपाल बाट कतार जाने यात्रुको लागि भने अझै तीन एयरलाइन्स विकल्पमा रहेका छन ।
हाल कतार एयरलाइन्सले दोहा–काठमाडौं दैनिक दुई उडान गर्दै आएको छ । भने नेपाल वायुसेवा निगमले काठमाडौं–दोहा सातामा तीन दिन उडान गर्दै आएको छ । हिमालय एयरलाइन्सले पनि दैनिक काठमाडौं–दोहा उडान गर्दै आएको छ ।
निगमको काठमाडौं–दोहा–काठमाडौं सातामा तीन वटा उडान
हिमालयको काठमाडौं–दोहा–काठमाडौं दैनिक उडान
कतारको दोहा–काठमाडौं–दोहा दैनिक दुई उडान
तीन खाडी देशका एयरलाइन्सको दोहा उडान रद्द
साउदी अरब नेतृत्वमा चार मुस्लिम मुलुकहरुले कतारलाई एक्लाउँदै कुटनीतिक सम्बन्ध विच्छेदको निर्णय गरेपछि एयरलाइन्स कम्पनीहरुले पनि धमाधम उडान रद्द गर्न थालेका छन । युएईको सरकारी एयरलाइन्स कम्पनी इतिहादले नेपालबाट दोहा जाने सबै उडानहरु रद्द गरेको छ ।
इतिहादले नेपालबाट दोहाको लागि दैनिक दुई उडान गर्दै आएको थियो । त्यस्तैगरी साउदी अरवको एयर अरेवियाले पनि काठमाडौं–सारजाह–दोहा उडान रद्द गर्दै सारजाह सम्म मात्र जाने घोषणा गरेको छ । एयरअरेवियाले विज्ञप्ती निकाल्दै यात्रुहरुको लागि विकल्प रोज्न आग्रह गरेको छ ।
यात्रुलाई पैसा फिर्ता वा अन्य एयरलाइन्स मार्फत पठाउने व्यवस्था गर्ने विज्ञप्तीमा उल्लेख गरेको छ । त्यस्तैगरी फ्लाई दुवईले पनि दोहा उडान रद्द गर्ने घोषणा गरेको छ । नेपालबाट इत्तेहादले नेपालबाट दैनिक दुई उडान दोहा गर्दै आएको थियो । सोमवार साझदेखी लागु भएको यो नियम अर्को सूचना नआउन्जेलसम्म लागु हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
कतार जानका लागि टिकट बुक गरिसकेका ग्राहकका लागि एयरलाइन्सले वैकल्पिक व्यवस्था गर्ने अथावा टिकट फिर्ता गर्ने सुविधा दिने इतिहाद एयरलाइन्सका कन्ट्रि मेनेजर पबन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई) र इजिप्टले कतारलाई एक्ल्याउँदै सोमवार विहानमात्र कुटनीतिक सम्वन्ध तोडेको घोषणा गरेका थिए । कतारले आतंककारीलाई सहयोग पु¥याएको आरोप सहित चार देशले सबै कुटनीतिक सम्बन्ध अन्त्यको समेत घोषणा गरेका छन ।
SHARE YOUR THOUGHTS