काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल एमालेको कारण प्रधानन्यायधीश सुशीला कार्कीमाथिको महाभियोग फिर्ता लिन ढिलाइ भएको बताएका छन् ।
ब्यवस्थापिका संसदमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘महाभियोग दर्ता गर्ने पार्टीले फिर्ता लिने प्रतिबद्धता जनाएकै थियौं, एमालेले अनावश्यक रुपमा संसद अबरुद्ध गरेको कारण छिटै फिर्ता लिन पाइएन, तपाइहरुले किन यस्तो गर्नुभएको ?’ एमाले अध्यक्ष ओलीलाई प्रश्न गर्दै प्रधानमन्त्री दाहालले भने ।