काठमाडौं । नबिल बैंक र ब्रिटिस काउन्सिलले आइऐएलटिएस लगायत विभिन्न टेस्ट परिक्षाको शुल्क संकलन सहजिकरण गर्न एक सम्झौता गरेका छन । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सशिन जोसी र ब्रिटिस काउन्सिलका निर्देशक डा. जोभन लिकले मिती जेष्ठ २३ बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।
यस साझेदारीको माध्यमबाट ब्रिटिस काउन्सिलले सञ्चालन गर्ने परिक्षामा सहभागि हुने बिद्यार्थीले तिर्नुपर्ने शुल्क नबिल बैंक लिमिटेडका तोकिएका निस्चित शाखाहरुवाट बुझाउन सक्नेछन । बैंकले यो सेवा यसका काठमाडौं उपत्यका बाहिरका शाखाहरु बुटवल, बिराटनगर, चितवन, भैरहवा, नेपालगञ्ज, विर्तामोड, पोखराबाट असार १ गते देखि र काठमाडौं उपत्यकामा रहेका ९ वटा शाखाहरु तिनधारा, ललितपुर, कौशलटार, महाराजगञ्ज, नयाँसडक, नयाँ बानेश्वर, कान्तिपथ, बालाजु, चाबहिलबाट असार ४ गते देखीबाट यो सेवा सञ्चालन हुने जनाइएको छ । यस सेवाले अब काठमाडौं बाहिर रहेका बिद्यार्थीले समेत सम्बन्धित नजिकका शाखाहरुबाट नै अब शुल्क बुझाउन सहज हुनेछ ।
SHARE YOUR THOUGHTS