फेरी सुस्तायो सेयर बजार, कारोबार रकम ४९ करोडमा सिमित « Eglish Khabarhub

फेरी सुस्तायो सेयर बजार, कारोबार रकम ४९ करोडमा सिमित



काठमाडौं । साताको कारोबारको अन्तिम दिन पनि नेप्सेमा गिरावट आएको छ । नयाँ सरकार गठनसँगै उत्साहित भएको नेप्से फेरी सुस्ताएको छ ।

बिहिबार नेप्से परिसूचक ७.९४ अंकले घटेर १६१५.१९ अंकमा आइपुगेको छ । १४९ कम्पनीको ८ लाख ४ हजार कित्ता सयर किनबेच हुँदा ४८ करोड ९७ लाख रुपैंयाँको कारोबार भएको छ ।

उपसूचकहरु पनि राताम्मे भएका छन् । बैंकिङ ७.४१, होटल ४०.४६, बिकास बैंक ०.८७, जलबिद्युत ३.५४, बित्त ७.७२, बीमा ३९.८, उत्पादन १७.६३ र अन्य ६.६५ अंकले घटेका छन् ।

बिहिबार सबैभन्दा बढि स्ट्यान्डर्ड चार्टड बैंकको ३ करोड ६६ लाख रुपैंयाँको कारोबार भएको छ । यसैगरी नेपाल लाइफ र एभरेष्ट बैंकको पनि क्रमशः २ करोड ८३ लाख र १ करोड ५७ लाख रुपैंयाँको कारोबार भएको छ ।

बुधबार झैं बिहिबार पनि आरएसडिसि लघुबित्त र बल्र्ड मर्चेन्टका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । यसैगरी प्रोगेसिभ फाइनान्स र साहारा बिकास बैंकका लगानीकर्ताले ६.५० र ६.१२ प्रतिशतले गुमाएका छन् ।

Publish on: