२४ मंसिर २०८२, मंगलबार

राजपालाई निर्वाचनमा सहभागी हुन – उपेन्द्र यादवको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी (राजपा) लाई आग्रह गरेका छन् ।

रिपोर्टस क्लकमा आयोजित कार्याक्रममा यादवले दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा राजपालाई सहभागिताका लागि आग्रह गरेका हुन् ।

यादवले भने– ‘राजपाका नेताहरु निर्वाचनमा आउनुस् सँगै मिलेर निर्वाचन लडौँ” भनेर मैले अपिलै गरेको छु अस्ति प्रधानमन्त्रीको निर्वाचनमा मधेसी उम्मेदवार हुनुहुन्नथ्यो तर, लाइन बसेर मतदान गर्नुभयो अब, तराई–मधेसमा मधेसी उम्मेदवारहरु छन् तिनलाई मतदान गर्नुहुन्न भन्नुहुँदैन होला, त्यसैले उहाँहरु निर्वाचनमा आउनुहुन्छ ।’

अध्यक्ष यादवले दोस्रो चरणको निर्वाचन अगाडि संविधान संशोधन भए जनतामा थप उत्साह आउने भन्दै मधेसमा निर्वाचनप्रति जनतामा व्यापक उत्साह पाएकाले निर्वाचनपछि अन्य दलको तुलनामा राम्रो परिणाम ल्याउने दाबी गरे ।

समाजवादी फोरम स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नयाँ शक्ति नेपालसँग साझेदारी गरेर निर्वाचनमा सहभागी भएको थियो ।

सरकारमा सहभागिताबारे सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष यादवले भने, ‘संविधान संशोधन र मुद्दा सम्बोधन प्राथमिकता भएकाले सरकारमा सहभागिताबारे अहिले कुनै सोच छैन ।’ रासस