काठमाडौं । जनता बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् ।
बैंकको संंचालक समितिको विहीवार बसेको बैठकले क्षेत्रीलाई सिइओमा नियुक्त गरेको हो ।
कुमार लम्सालले राजिनामा दिएपछि संचालक समितिले क्षेत्रीलाई सिइओ बनाएको हो ।
क्षेत्री यसभन्दा अगाडि तत्कालिन बैंक अफ एशिया र ग्राण्ड बैंकमा सिइओ रुपमा काम गरेका छन् ।
जनता बैंक स्थापना भएपछि सिइओ भने टिक्न नसक्ने बैंकको रुपमा देखिएको छ । क्षेत्री बैंक स्थापना भएपछि चौथो सिइओ हुन् । बैंकको स्थापना कालमा विजय पन्त सिइओ थिए । त्यसपछि डा रमेश भट्राई तथा कुमार लम्साल सिइओ भए । तर,कसैले पुरा अवधी काम गरेनन् ।
पुँजी बढाउन त्रिवेणी विकास बैंकलाई आफुमा गाभेको जनतामा सिदार्थ डेभलपमेन्ट बैंकपनि गाभिने तयारीमा छ । यसपछि बैंकको चुक्ता पुँजी करिब सात अर्ब पुग्ने छ । यो वर्षको बोनस तथा बाँकी अपुग रकम हकप्रदबाट पुर्याउने तयारी बैंकको रहेको छ ।
SHARE YOUR THOUGHTS