काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ करोड ४ लाख रुपैयाँ विज्ञापन कर संकलन गरेको छ । महानगरपालिकाले चालु आर्थिक बर्षको एक महिना बाँकी रहँदा अघिल्लो आर्थिक बर्षको तुलना ३ करोड रुपैयाँ बढि राजस्व संकलन गरेको हो ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म विज्ञापन करबाट ७ करोड ४ लाख रुपैयाँ उठाइएको राजस्व महाशाखा प्रमुख ध्रुब काफ्लेले जानकारी दिए ।
काफ्लेका अनुसार आर्थिक वर्ष २०७२/७३ मा ४ करोड १७ लाख रुपैयाँ कर संकलन भएको थियो । अघिल्लो आर्थिक वर्षको तलनामा चालु आर्थिक वर्ष अघि नै महानगरपालिले २ करोड ८७ लाख रुपैयाँ धेरै कर संकलन गरेको छ ।
‘झ्याल छोप्ने, सार्वजनिक जग्गामा विभिन्न किसिमका विज्ञापन राख्ने, ठूला विज्ञापन असुरक्षित तरिकाले राखी विज्ञापन नीतिभन्दा बाहिर रहेकालाई कारबाही गर्न थालेपछि कर संकलनमा वृद्धि भएको हो, साथै, राजस्व अधिकृतको नेतृत्वमा दैनिक जस्तो करको दायरामा नहेका विज्ञापन बोर्ड निकाल्ने कार्यले पनि कर संकलन बढेको हो,’ काफ्लेले क्लिमाण्डूसँग भने ।
महानगरपालिकाले २०५६/५७ सालदेखि विज्ञापन कर संकलन गर्न थालेको हो ।
SHARE YOUR THOUGHTS