विद्युत्को सेवा लिन अझै ४० प्रतिशत बाँकी « Eglish Khabarhub

विद्युत्को सेवा लिन अझै ४० प्रतिशत बाँकी



रसुवा। हिमाली जिल्ला रसुवाको दूरदराजका ४० प्रतिशत ग्रामीणवासीले अझै विद्युत् सेवाको उपभोग गर्न पाएका छैनन् ।

गोसाइँकुण्ड गाउँपालिकाको चन्दनबारी गरदागाङ, लाङटाङ, उत्तरगयाको तिरु, नौकुण्डगापाको आरुखर्क, सिङबन्दी, दोकलाङ, राजाङबच्चा र घोमुगाउँको केही भागमा अझैसम्म विद्युत्को व्यवस्था नहुँदा २१औँ शताब्दीका नागरिक अझै पनि अन्धकारमा बस्नु परेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए।

भूकम्पपछि अद्यावधिक तथ्याङ्कले रसुवा जिल्लाको धुरी सङ्ख्या ११ हजारको हाराहारीमा देखाए पनि नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कले घरघरमा विद्युत् मिटर जडान गर्नेको सङ्ख्या ६ हजार ६७३ रहेको बताउँदै प्राधिकरण रसुवा शाखा प्रमुख सोभितबहादुर क्षेत्रीले लाङटाङ र तिरुबाहेक अन्य क्षेत्रमा विद्युत् लाइन जडानको प्रक्रिया अगाडि बढेको जानकारी दिए। विद्युत् मिटर माग गर्ने ग्राहकलाई  तुरुन्तै जडान गर्दैआएको प्राधिकरणले जनाएको छ ।

 

Publish on: