२९ मंसिर २०८२, आइतबार

मतगणनास्थलमा अब दलका प्रतिनिधिलाई मतपत्रभन्दा टाढै राखिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गले सम्पन्न गर्नका लागि पहिलो चरणको निर्वाचनबाट केही थप पाठ सिकेकाले अब दलका प्रतिनिधिलाई मतगणनास्थलमा मतपत्रभन्दा टाढा राखिने जानकारी दिएका छन् ।

निर्वाचन तयारीका बारेमा अनुगमन गर्न आज यहाँ आइपुगेका उनले निर्वाचनसम्बन्धी सरोकार भएकाहरुसँगको छलफलमा मतगणना हुने ठाउँमा मतपत्र राख्ने ठाउँलाई डोरी, बाँस वा अन्य कुनै काठले बाँधेर दलका प्रतिनिधिलाई टाढा राख्ने व्यवस्था दोस्रो चरणको निर्वाचनमा गरिने बताए ।

यसका लागि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका साथै सुरक्षा निकायलाई निर्देशन दिइसकिएको उनको भनाइ छ ।

राजनीतिक दलका प्रतिनिधिको सहभागितामा निर्वाचन आचारसंहिता निर्माण गरिएको भन्दै आयुक्त पौडेलले आचारसंहिता कार्यान्वयनका लागि कडाइ गरिने बताए ।

बैतडी–निर्वाचन आयुक्त सुधीरकुमार शाहले यही असार १४ गते हुने निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्न जिल्लाको शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ ।
जिल्लाको शान्ति सुरक्षा अवस्था अनुगमन गर्न बैतडी आइपुग्नुएका आयुक्त शाहले कसैको डर नमानी ढुक्कसँग मतदान गर्न मतदातालाई आग्रह गरे । रासस