२९ मंसिर २०८२, आइतबार

ट्याक्सी नम्बर पाउनेलाई हुन्डाईले अफर ल्यायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले लक्की ड्रबाट ट्याक्सी नम्बर प्लेट जित्न सफल भुकम्प पीडितमध्ये एक जनालाई हुण्डाई इयोन गाडीको खरिदमा शतप्रतिशत रकम फिर्ता दिने घोषण गरेको छ ।
सरकारले भुकम्पबाट अतिप्रभावित १५ सय परिवारलाई असार ७ देखि ९ गते लक्की ड्र बाट ट्याक्सी नम्बर प्लेट वितरण गरेको थियो ।

‘हुन्डाई इयोन’ ट्याक्सी हुन्डाइको ह्यासब्याक सेग्मेन्ट अन्तर्गत पर्दछ । शतप्रतिशत रकम फिर्ताको साथसाथै लक्ष्मी इन्टरकन्टिनेन्टले ‘हुन्डाइ इयोन’ ट्याक्सी को खरीदमा नगद छुट, १ वर्ष सम्म निःशुल्क सर्भिसिङ्ग, १ वर्ष वारेन्टी, वित्तिय तथा बीमा सुविधाका साथै सम्पूर्ण कानुनी प्रक्रिया समेत पुरा गरिदिने जनाएको छ ।

बलियो तथा सुरक्षित सवारीसाधन, उच्च माइलेज, आरामदायी सिट तथा भित्री बनावट पावर स्टेरिङ्ग, १३ इन्च ठूलो चक्का, थोरै मर्मत खर्च, उच्च ग्राउण्ड क्लियरियन्स, धेरै भण्डारण क्षमता आदिले यस ‘हुण्डाइ इयोन’ लाई यात्रीहरु माझ अझ लोकप्रिय बनाएको कम्पनीको दाबी छ ।

विभिन्न अवसरमा योजनाहरु ल्याउने गरेको हुन्डाइले भुकम्प पिडितहरुको सहयोगमा नेपाल सरकारले चालेको कदममा यस योजना मार्फत योगदान दिने प्रयास गरेको र आगामी दिनहरुमा पनि निरन्तरता दिने कम्पनीले जनाएको छ ।