बस थप्न साझालाई काठमाडौं महानगरले ५ करोड दिने « Eglish Khabarhub

बस थप्न साझालाई काठमाडौं महानगरले ५ करोड दिने



काठमाडौं । नयाँ बस संचालनका लागि काठमाडौं महानगरले साझा यातायातलाई ५ करोड रुपैयाँ प्रदान गर्ने भएको छ ।

साझा यातायात र काठमाडौं महानगरबीच नयाँ बस खरिदका लागि २०७३ पुस २६ गते सम्झौता भएको थियो । सो सम्झौताअनुसार नयाँ बस थप गर्न महानगरले सेयर किन्न लागेको साझाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) महेन्द्रराज पाण्डेले जानकारी दिए ।

सीइओ पाण्डेका अनुसार नयाँ बस खरिदको सम्पूर्ण प्रक्रिया पूरा भईसकेको छ । आगामी १ सय २० दिनभित्र सडकमा साझाका नयाँ बस गुड्ने उनले जनाकारी दिए ।

‘काठमाडौं महानगरबाट देशको अन्य नगरसँग सीधै यातायात सेवा विस्तारका लागि सुविधा सम्मन्न १२ वटा नयाँ बस थप गरिदैछ, काठमाडौं महानगरको सडकमा एउटा सेमी लोफ्लोर (अपाङ, बृद्धबृद्धामैत्री) बस संचालन गरिनेछ,’ पाण्डेले क्लिमाण्डूसँग भने ।

साझा यातायातले काठमाडौं महानगरको सहर्कायमा उपत्यकाको सडकमा ३० वटा बस संचालन गरिरहेको छ । ती बस संचालनका लागि महानगरकातर्फबाट १० करोड रुपैयाँको सेयर लगानी भैसकेको छ ।

Publish on: