बेँसीसहर। उत्तरी लमजुङमा रहेको मस्याङ्दी गाउँपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्र जमिन बाँझो राख्न नपाइने निर्णय गरेको छ । बुधबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा बसेको सो बैठकले गाउँपालिकाभित्र रहेको जमिनको अधिकतम उपयोग गरी आर्थिक प्रवद्र्धनमा टेवा पुर्याउन विशेष प्राथमिकताका साथ भू–उपयोग नीति अवलम्बन गर्ने निर्णय गरेको हो ।
बैठकले गाउँपालिकाबाट प्रवाह गरिने सेवाहरु र प्रशासनिक कामलाई छिटोछरितो र व्यवस्थित बनाउन कार्यालय र सम्पूर्ण वडा कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउने निर्णय पनि गरेको छ ।
पहिलो बैठकमा गरिएको १७ बुँदे निर्णयमा एक गाउँ एक ल्यान्ड फिल्ड साइड निर्माण, पञ्चवर्षे गुरुयोजना निर्माण, विभिन्न क्षेत्रका विशेषज्ञ, राजनीतिज्ञ, परामर्शदातासँगको अन्तक्र्रिया, पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि वृत्तचित्र निर्माण र प्रचारप्रसार, समयको व्यवस्थापनलगायत विद्युत् र टेलिफोन सेवामा भएको समस्यालाई सम्बोधन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया