२८ मंसिर २०८२, शनिबार

भक्तपुरको ठिमीमा ५५ वटा आरामदायी बंगला, एउटैको मूल्य ४ करोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । औद्योगिक घराना एमएस ग्रुपले भक्तपुरको ठिमीमा ‘लक्जरी कोलनी’ निर्माण सुरु गरेको छ ।

१७ रोपनी आफ्नै जग्गामा २ अर्ब रुपैयाँ लगानी गरेर अत्याधुनिक सम्पन्न बंगला निर्माण सुरु गरिएको एमएस ग्रुपका प्रवन्ध निर्देशक शशिकान्त अग्रवालले बताए ।

‘हाइराइज अपार्टमेन्ट हामीले सफलतापूर्वक निर्माण गरिसकेका छौं,’ अग्रवालले क्लिकमाण्डुसँग भने, ‘काठमाडौं उपत्यकामा व्यवस्थित बसोबास बसाउने उदेश्यले भक्तपुरको ठिमीमा ५५ वटा लक्सरियस बंगला निर्माण सुरु गरेका छौं ।’

उत्पादन र व्यापारमा ठूलो लगानी गरेको यो ग्रुपले पछिल्लो समय सेवा क्षेत्रमा लगानी डाइभर्ट गरिरहेको छ । एसएमले विश्वविख्यात ब्राण्ड म्यारियटको चेन होटल नेपालमा पनि खोलेको छ ।

एउटा बंगलाको मुल्य कम्तिमा २ करोडदेखि बढीमा ४ करोड रुपैयाँसम्म पर्ने उनले जानकारी दिए ।  भूकम्प गएपछि अत्याधुनिक बंगला व्यवसायिक समुहबाट निर्माण गर्ने एमएस ग्रुप पहिलो बनेको छ ।

‘भूकम्पपछि सिंगल घरको माग बढी छ,’ अग्रवालले थपे, ‘नयाँ जग्गा किनेर कोलोन बनाउन निकै महंगो पर्छ । तर हामीले आफ्नै जग्गामा कोलनी निर्माण गरिरहेकाले अत्याधुनिक सुविधासम्पन्न भएपनि कोलोनीको मूल्य सस्तो नै पर्छ ।’

उनले भूकम्पको एक वर्षसम्म हाइराइज घरको माग नभए पनि अहिले भने यस्ता घरको माग बढेको बताए ।

‘हामीलाई धेरै इन्क्वायरीहरु आए, त्यसैले हामीले बंगला बनाउन सुरु गरेका हौं,’ उनले भने ।

आगामी २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको अग्रवालले जानकारी दिए ।

चिनी र धागो उद्योगमा अर्बौं गरेको एसएम ग्रुपले काठमाडौंमा सनराइज अपार्टमेन्ट निर्माण गरिसकेको छ ।

उत्पादन र व्यापारमा ठूलो लगानी गरेको यो ग्रुपले पछिल्लो समय सेवा क्षेत्रमा लगानी डाइभर्ट गरिरहेको छ । एसएमले विश्वविख्यात ब्राण्ड म्यारियटको चेन होटल नेपालमा पनि खोलेको छ ।

ठमेलमा तीन तारे होटल सञ्चालनमा ल्याइसकेको यो समूहले नक्सालमा म्यारियटकै नाममा पाँच तारे होट निर्माण गरिरहेको छ । आगामी ८/९ महिनाभित्र होटल सञ्चालनमा आउने अग्रवालले बताए ।