काठमाडौ । भारत सरकारले गुड एन्ड सर्भिस ट्याक्स (जिएसटी) लागू गरेसँगै भारतमा अधिकांस गाडी तथा मोटरसाइकलको मूल्य घटेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले जुलाई १ मा ‘एक कर नीति’ लागू गर्ने घोषणा गदैै शनिवार राती १२ बजेदेखि जिएसटी कार्यन्वयनमा लगेका थिए ।
गाडी कम्पनीहरुले आइतबार राती १२ बजेदेखि आफ्नो गाडीका मूल्यहरुको सूची सफ्टवेयरमार्फत सार्वजनिक गरेकाछन् ।
‘जीएसटी भनेको भारतको आन्तरिक कर सिस्टम हो, त्यो सुविधा नेपाललाई दिने नदिने भन्ने विषय पनि भारतकै हातमा छ, त्यसैले अहिले नै नेपालमा गाडी थता मोटरसाइकललगायतका सवारीसाधनको मुल्य घट्छ वा घट्दैन भनेर भन्न सक्ने अवस्था छैन ।’
-अञ्जन श्रेष्ठ, अध्यक्ष, नाडा
गाडी कम्पनीहरुले स्पेयर्स पार्टहरुमा समेत केही मुल्य घट्ने जनाएका छन् । गाडी कम्पनीहरुले सोमबारदेखि लागू गरेको नयाँ मुल्यमा ४० हजारदेखि ६ लाख रुपैयाँसम्म मूल्य घटाएका छन् ।
मोटरसाइकल तथा स्कुटरमा ५ प्रतिशत सम्म मूल्य घटाएका छन् । भारतको सबैभन्दा ठुलो मोटरसाइकल उत्पादक कम्पनी होन्डाका वरिष्ट उपाध्यक्ष वाइ एस ग्लोरियाले भने, ‘शनिवार र आइतबार कुनै पनि बुकिङ लिएका छैनौ, अब सोमबारदेखि नयाँ मुल्यसहित बुकिङ सुरु हुने छ ।’
जिसटी लागू भएपछि मरसीडीजको एसयुभी सेगमेन्टको गाडी जिएलएस-३५० को मुल्यमा ३ लाख भारु घटाइएको छ । त्यस्तैगरी हुन्डाई गाडीको क्रेटामा पनि ४० हजार देखि ६० हजार भारु घटाइएको छ ।
त्यस्तैगरी टोयटाको फरच्युनरको पनि ३ लाख देखि ६ लाख सम्म मुल्य घटेको छ । जिएसटी लागू हुनुभन्दा पहिले २६ लाख ६० हजार भारु देखि ३१ लाख ९० हजार भारु मुल्य रहेका गाडीको मुल्य टोयटाले सोमबारबाट २४ लाख ५० हजार देखि २९ लाख ८० हजार भारु तोकेको छ ।
हिरो मोटर साइकलले पनि हिरो सुपर स्प्लेन्डरको मुल्यमा २ हजार ६ सय भारु घटाएको छ । होन्डाको एक्टिभा स्कुटरमा पनि ५ हजार भारु मुल्य घटेको छ । हुन्डाईको ग्रान्ड आइ–१० को मूल्य पनि ३ हजार देखि १४ हजार भरु सम्म घटेको छ ।
कुनको मुल्य कति ?
मोडल | पहिलेको मुल्य भारु | अहिलेको मुल्य भारु |
मरसीडीज जिएलएस३५० | ८३ लाख | ८० लाख |
मरसीडीज इ-क्लास | ५५.७ देखि ६९ लाख | ५३.७ देखि ६७ लाख |
टोयोटा फरचुनर | २६.६ देखि ३१.९ लाख | २४.५ देखि २९.८ लाख |
टोयोटा इनोभा | १४.२ देखि २१.४ लाख | १३.३ देखि २० लाख |
हुन्डाई क्रेटा | ९.३ देखि १४.४ लाख | ८.९ देखि १४ लाख |
हिरो सुपर स्प्लेन्डर | ५५.६ हजार | ५३ हजार |
होन्डा एक्टिभा | ४८.३ हजार | ४४.९ हजार |
नेपालमा के हुन्छ ?
नेपाल अटोमोबाइल्स डिलर एसोशिएसन (नाडा) का अध्यक्ष अञ्जन श्रेष्ठले भारतीय कम्पनीहरुले मूल्य घटाउने बारे आफूहरुलाई कुनै औपचारिक जानकारी नदिएको बताए ।
‘जीएसटी भनेको भारतको आन्तरिक कर सिस्टम हो, त्यो सुविधा नेपाललाई दिने नदिने भन्ने विषय पनि भारतकै हातमा छ,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘त्यसैले अहिले नै नेपालमा गाडी थता मोटरसाइकललगायतका सवारीसाधनको मुल्य घट्छ वा घट्दैन भनेर भन्न सक्ने अवस्था छैन ।’
भारतीय कम्पनीहरुले मूल्य घटाएर दिए भने नेपाली व्यवसायीहरुले पनि सस्तो मूल्यमा बिक्री गर्ने उनको भनाई थियो । इकोनोमिक टाइम्सको सहयोगमा