काठमाडौं । नेपाल राष्ट्र बैंकले होम लोनको सीमा बढाएको छ । राष्ट्र बैंकले आज सार्वजानिक गर्ने आगामी आर्थिक वर्षको मौद्रिकमा होमलोनको सीमा बढाएको हो ।
यसअघि १ करोड रुपैयाँसम्मको घरकर्जालाई राष्ट्र बैंकले रियलस्टेट कर्जामा गणना गर्दैन थियो । यही सीमालाई बढाएर मौद्रिक नीतिले डेढ करोड रुपैयाँ पुर्याएको हो ।
‘होमलोनको सीमा बढाइएको छ, अब डेढ करोड रुपैयाँसम्मको होम लोनलाई रियलस्टेट कर्जामा गणना गरिने छैन,’ गभर्नर डा. चिरञ्जीवी नेपालले भने, ‘आवासिय प्रयोजनका घरहरुको मुल्य बढेकाले कर्जाको सीमा बढाइएको हो ।’
नेपाल बैंकर्स संघले केही वर्षयता होमलोनको सीमा यथावत रहेको र यस अवधिमा महंगी बढेको भन्दै घर कर्जाको सीमा २ करोड रुपैयाँ पुर्याउन माग गरेको थियो ।
SHARE YOUR THOUGHTS