माौद्रिक नीतिले सेयर बजारलाई बनायो निराश « Eglish Khabarhub

माौद्रिक नीतिले सेयर बजारलाई बनायो निराश



काठमाडौं । मौद्रिक नीतिले सेयर बजारलाई निराश बनाएको छ ।

सेयर बजारका लगानीकर्ताले सेयर धितोमा दिइने ऋण (मार्जिन लेन्डिङ)को सीमा बढाउने अनुमान गरेपनि राष्ट्र बैंकले यसलाई यथावत राखेको छ ।

शेयरको धितोमा कर्जा प्रवाह गर्ने प्रयोजनको लागि संस्थापक शेयरको ममूल्याङ्कन गर्दा साधारण शेयरको पछिल्लो १८० दिनको औसत मूल्यको बढीमा ५० प्रतिशत वा संस्थापक शेयरको अन्तिम कारोबारको मूल्यमध्ये जुन कम हुन्छ, सोको आधारमा कायम गर्नुपर्ने र यसरी कायम गरिएको मूल्यको बढीमा ५० प्रतिशत रकमसम्म मात्र कर्जा दिन सकिने व्यवस्थालाई यथावत राखिएको छ ।

लगानीकर्ताले यसको सीमा ६० प्रतिशतसम्म पुग्ने अपेक्षा गरेका थिए ।

Publish on: