धान रोपाइँ ८५ प्रतिशत « Eglish Khabarhub

धान रोपाइँ ८५ प्रतिशत



धनगढी । कैलालीमा सोमबारसम्म ८५ प्रतिशत धान रोपाइँ पूरा भएको छ ।

यस वर्ष मनसुन असार १५ गते पछि मात्र सक्रिय हुँदा रोपाइँ ढिलो गरी सुरु भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत कोमल शाहीले बताए।

जिल्लामा ७२ हजार ४०० हेक्टर जग्गामा वर्षे धानबालीको खेती हुने गरेकामा आधा भन्दा बढी क्षेत्रफलको जग्गामा सिँचाइ सुविधा छैन । सिँचाइ सुविधाको भरपर्दो व्यवस्था नहुँदा किसानले आकासको पानीको भरमा रोपाइँ गर्ने गरेका छन्  । किसानले सावा मन्सुली, राम धान, राधा ४, सुख्खा ३, सावित्रीलगायत उन्नत जातको धानखेती गर्ने गरेका छन् ।

रासायनिक मल प्रर्याप्त

अनुदानको मल बिक्री वितरणको जिम्मा लिएको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीले यस वर्षको धानखेतीका लागि रासायनिक मलको मौज्दात प्रर्याप्त रहेको जनाएको छ ।

कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार डिएपी १६६ मेट्रिक टन, युरिया एक हजार ६०० मेट्रिक टन र पोटास २९० टन मौज्दात रहेको छ । अघिल्ला वर्षसम्म खेती गर्ने समयमा मलको अभाव हुने गरेको थियो ।

Publish on: