काठमाडौं । काठमाडौं महानगरपालिकामा व्यवसाय गर्न अब महंगो पर्ने भएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को लागि करको दरहरु सार्वजनिक गरेको छ ।
काठमाडौंमा व्यवसाय गर्दा सबैभन्दा कम तिर्ने व्यवसायमा हलुवाई पसल,धागो र साइकल वर्कपप,तरकारी पसल,फलफुल रहेका छन् । व्यवसायबाट महानगरले वर्षमा ५ सय रुपैयाँ लिने छ ।
यस्तै पत्रिका पत्रिका पसल,डेरी पसललाई वर्षको १ हजार रुपैयाँ कर तिनुपर्ने महानगरले जनाएको छ । पान पसलबाट महानगरले वर्षको १५ सय रुपैयाँ कर वापत लिने छ ।
डिपार्टमेन्ट स्टोरलाई सबैभन्दा बढी एक लाख रुपैयाँ महानगरलाई तिनुपर्छ । यस्तै कम्लेक्स सेन्टर र बिजनेश मार्टलाई पनि १ लाख रुपैयाँ कर तिनुपर्ने रेट महानगरले तोकेको छ ।
महानगरले काठमाडौंमा हुने सबै प्रकारका व्यवसायमा कर लगाएको छ । हेर्नुहोस् सूचि
SHARE YOUR THOUGHTS