२९ मंसिर २०८२, आइतबार

अब मर्चेन्ट बैंकरको चुक्ता पुँजी ५ करोड, संस्थागत परामर्शदाताको काम गर्न पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेण्ट बैंकरहरुको न्यूनतम चुक्ता पुँजी बढाएको छ । बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावलीलाई संसोधन ग गर्दै चुक्ता पुँजीसँगै कार्यक्षेत्र पनि बढाएको छ ।

यो व्यवस्था मंगलबारबाट लागू हुने बोर्डले जनाएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको न्यूनतम चुुक्ता पूँजी ३ करोडबाट बढेर ५ करोड रुपैयाँ पुगेको बोर्डले जनाएको छ ।

त्यसैगरी, धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराईटर)को पुँजी ४ करोडबाट ७ करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै, शेयर रजिष्ट्रारको १ करोडबाट ३ करोड, लगानी व्यवस्थापकको १ करोड बढाएर ५ करोड र संस्थागत परामर्शदाताको चुक्ता पुँजी ३ करोड रुपैयाँ पुर्याइएको बोर्डले जनाएको छ ।

यसअघि मर्चेण्ट बैंकरले निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रेशन र लगानी व्यवस्थापनको काममात्रै गर्न पाउँथे ।
नयाँ व्यवस्थासँगै अब मर्चेन्ट बैंकरले संस्थागत परामर्शदाताको काम पनि गर्न पाउने भएका छन् ।

त्यस्तै, मर्चेण्ट बैंकरले सङ्गठित संस्थाको संरचना हेरफेर, मूल्याङ्कन, व्यवसायिक योजना, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेञ्चर क्यापिटल, प्राईभेट इक्विटी, हेज फण्ड जस्ता कोष संचालन, सम्पत्ति व्यवस्थापन लगायतका बिषयमा परामर्श सेवाप्रदान गर्ने सम्बन्धी संस्थागत परामर्शदाताको काम पनि गर्न पाउने भएका छन् ।

यो नियमावलीलागू भएपश्चातधितोपत्रव्यवसायी (मर्चेन्ट बैङ्कर)को कार्य क्षेत्र विस्तार हुने तथावढ्दो जिम्मेवारी अनुरुपमर्चेन्ट वैंकरको वित्तीयअवस्था सुदृढ भई मर्चेण्ट बैंकरको प्रतिस्पर्धात्मकक्षमतामा बृद्धि भई समग्र पूँजीबजारको विकास तथाविस्तारमा सहयोग पुग्ने बोर्डको विश्वास रहेको छ ।