एनआईसी एशिया बैंकले घरमै बसेर आइपिओ भर्ने सेवा सुरु गर्दै « Eglish Khabarhub

एनआईसी एशिया बैंकले घरमै बसेर आइपिओ भर्ने सेवा सुरु गर्दै



काठमाडौं । एनआईसी एशिया बैंकले घरमै बसेल सार्वजनिक निष्कासन(आइपिओ) भर्न सकिने सि आस्वा प्रणाली कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ ।

घरमै बसेर सि आस्वा प्रणाली मार्फत आइपिओ भर्न सकिने व्यवस्था सिडिएसले गर्दै छ । घरमै बसेर आइपिओ भर्ने सुविधाको लागि बैंकको प्रयोग गर्नुपर्छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले सि आस्वा संचालनमा ल्याउन लागिएको जानकारी दिए ।

एनआईसी एशिया स्थापनाको १९ वर्ष पुरा गरेर २० वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत रिसालले यो वर्ष बैंकले पूर्ण अनलाइनमा आधारित सि आस्वा सुरु गर्ने जानकारी दिए ।

२०५५ साल साउन ५ गते विराटनगरमा क्षेत्रिय बैंकको रुपमा स्थापना भएको एनआईसी बैंकले २०७० सालमा बैंक अफ एशियासँग मर्जर भएर एनआईसी एशिया भएको थियो ।

बैंकको अहिले शाखा संख्या १ सय १९ रहेको छ । चालु आर्थिक वर्षमा बैंकले २ सय शाखा खोल्ने जानकारी दिएको छ । यस्तै बैंकले चालु आर्थिक वर्षमा लघुवित्त कम्पनी खोल्ने सिइओ रिसाले जानकारी दिए । बैंकको निक्षेप ८५ अर्ब तथा कर्जा लगानी ७२ अर्ब रुपैयाँ रहेको छ ।

Publish on: