यस्ता छन भूकम्प पछिको नेपाल शिर्षकमा छानिएका उत्कृष्ट फोटोहरु « Eglish Khabarhub

यस्ता छन भूकम्प पछिको नेपाल शिर्षकमा छानिएका उत्कृष्ट फोटोहरु



काठमाडौं । राष्ट्रिय फोटोपत्रकार समुहले २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पले पुर्याएको मानवीय भौतिक सांस्कृतिक तथा शैक्षिक क्षेत्रको क्षतिलगायत त्यसपछिका पुर्नसंरचना निमार्णका विषयमा फोटापत्रकार तथा सर्वसाधारणका लागि फोटो आह्वान गरिएको थियो ।

सो फोटोहरु प्रतियोगितात्मक प्रर्दशनीमा सयौको संख्यामा तस्विरहरु संकलन भए पनि एनएफपीजेले छनौट गरि ४५ वटा फोटोहरु छनौट गरि साउन ५ गते देखि ८ गते सम्म चल्ने वृहत इक्यान शैक्षीक मेलामा प्रर्दशनी गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि श्रीलङ्काका राजदुत स्वर्णलता पेरेरा लगायत अतिथिहरुले अवलोकनसाथ विगतमा भएको यस्तो विनासकारी घट्नाबाट पाठ सिकी भूकम्प प्रतिरोधात्म घरहरु वनाउनुका साथै सुरक्षित हुनका लागि पनि प्रेरणा मिल्ने बताए ।

सो प्रर्दशनीमा रहेको उत्कृष्ट ४५ वटा फोटोहरुलाई तपार्इले प्रत्यक्षरुपमा अवलोकन गरि आफ्नो अमूल्य मत दिन साथै एनएफपीजेको अफिसियल फेशवुकमार्फत फोटोमा लाइक गरेर पनि उत्कृष्ट वनाउन सक्ने बताइएको छ ।

प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्धितिय हुनेलाई २० हजार, तृतिय हुनेलाई १५ हजार र सान्त्वना ३ जनालाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

फोटोहरु काठमाडौंमा मात्र नभएर देश विदेशको विभिन्न सहरहरुमा पनि प्रर्दशनी गरिनुका साथै फोटोपुस्तक प्रकाशन गरि देश विदेशमा पनि प्रचार प्रसार साथै विक्रिवितरण गरिने संस्थाले जानकारी दियो ।

सो फोटोपुस्तकको विक्रिवाट आएको केही रकम भुकम्प पिडित स्कुललाई प्रदान गरिने आयोजक राष्ट्रिय फोटोपत्रकार समुह –एनएफपीजेका सचिव प्रदीपराज वन्तले जानकारी दिए ।

हेरौं उत्कृष्ट ४५  फोटोहरुमध्येका केही फोटोहरु-

 

Publish on: