१ पुस २०८२, मंगलबार

पाँचसयको नक्कली नोटसहित एक व्यक्ति पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज । पाँचसयको नकली नोटसहित राजविराज– १० निवासी मुकेश यादव पक्राउ परेका छन् ।

राजविराजबाट टेम्पु चढेर तिलाठीस्थित भारतीय बजार कुनौली पुगेपछि चालकलाई भाडा दिनका लागि स्थानीय एक पसलमा पैसा साट्न लाग्दा नोट नक्कली भएको थाहा भएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताउनुभयो ।

निज यादवलाई राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान थालिएको छ । रासस