प्यूठान। पछिल्लो एक वर्षको अवधिमा जिल्लामा आठ लाख ९२ हजार ५३१ किलो खोटो बिक्रीबाट ८० लाख ४० हजार रुपैयाँ आम्दानी भएको छ ।
जिल्लाका विभिन्न एक सय वटा वन समूहले आफ्नो वनबाट सो परिमाणको खोटो संकलन गरी बिक्री गरेका हुन् । प्रतिकिलो खोटो ९ रुपैयाँदेखि १० रुपैयाँ सम्ममा बिक्री हुने गरेको जिल्ला वन अधिकृत प्रविण बिडारीले जानकारी दिए।
वन समूहले खोटो बिक्रीबाट मनग्य आम्दानी गरेपनि उक्त रकम वन क्षेत्रको संरक्षणमा प्रयोग न्यून रुपमा गरेको पाइएको बिडारीले बताए । जिल्लामा अधिकांश खोटो बिक्रीबाट आएको रकम विद्यालय सञ्चालनमा प्रयोग हुने गरेको छ । शिक्षक दरबन्दी नभएका विद्यालय वन समूह र खोटोको पैसाबाट सञ्चालन हुँदै आएका छन् ।
यहाँ संकलन गरीएको खोटो भारत निकासी हुन्छ । जिल्लामा हाल गणपति रोजिन, खनाल रोजिन, दीपमाला रोजिन, बुढाथोकी रोजिन र माउन्ट रोजिनले खोटो संकलन गर्दैआएका छन् ।
SHARE YOUR THOUGHTS