काठमाडौं । नेपालमा कुन कुन आयोजनामा लगानी गर्ने भनेर लगानी बोर्डले प्रोजेक्ट बैंक तयार पारेको छ । बोर्डले प्रोजेक्ट बैंकमा विभिन्न १३ क्षेत्रका १२२ आयोजना राखेको छ । स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले ती आयोजनामा लगानी गर्न सक्नेछन् ।
मुलुकको आवश्यकताअनुसार लगानी भित्र्याउनका लागि संभावित आयोजनाहरुको सूचि तयार पारिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।
‘कुनै पनि लगानीकर्ताले नेपालमा लगानी गर्न चासो देखाउँछ भने उसलाई यी संभावनाका क्षेत्र हुन् भनेर एकमुष्टरुपमा जानकारी दिने उद्देश्यले प्रोजेक्ट बैंक तयार पारेका हौं,’ अधिकारीले क्लिकमाण्डूसँग भने ।
प्रोजेक्ट बैंकमा भएका आयोजनाको स्वीकृति बोर्डले नै दिन्छ । साथैं, बोर्डले थप सहज वातावरण मिलाइदिनेछ ।
यी हुन् प्रोजेक्ट बैंकमा भएका आयोजनाहरु
तामाकोशी तेस्रो जलविद्युत आयोजना (६५० मेगावाट)
कर्णाली चिसापानी जलविद्युत आयोजना (१०८०० मेगावाट)
बुढीगण्डकी स्टोरेज जलविद्युत आयोजना (१२०० मेगावाट)
त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्थल स्तरोन्नित
दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल
व्यावसायिक कृषि कारखाना
पूर्वपश्चिम रेलमार्ग
पूर्व–पश्चिम रेलको भारतसँगको कनेक्टिभिटी
काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग
कठमाडौं पोखरा रेल्वे
काठमाडौं उपत्यका मेट्रो प्रोजेक्ट
जुम्लामा विषेश आर्थिक क्षेत्र
कपिलबस्तुमा विषेश आर्थिक क्षेत्र
रौतहट विषेश आर्थिक क्षेत्र
सिराहा विषेश आर्थिक क्षेत्र
धनुषा विषेश आर्थिक क्षेत्र
बिराटनगर विषेश आर्थिक क्षेत्र
पाँचखाल विषेश आर्थिक क्षेत्र
सिमरा विषेश आर्थिक क्षेत्र
नेपाल–भारत पेट्रोलियम पाइपलाइन
तमोर जलाशययुक्त जलविद्युत आयोजना (७६२ मेगावाट)
तल्लो अरुण (६५० मेगावाट)
भेरी ३ बी (१००३ मेगावाट) भेरी ४ (९६४ मेगावाट)
सुनकोशी ३ जलविद्युत आयोजना (५३६)
सुनकोशी २ जलविद्युत आयोजना (१११० मेगावाट)
एसआर सिक्स (६४२ मेगावाट)
केरुङ–काठमडौं रेल्वे प्रोजेक्ट
केरुङ–बैरेनी–धादिङ रेल्वे
उत्तर–दक्षिण करिडोर (नम्बर ८)
उत्तर–दक्षिण करिडोर (नम्बर ७)
उत्तर–दक्षिण करिडोर (नम्बर ६)
उत्तर–दक्षिण करिडोर (नम्बर ३)
उत्तर–दक्षिण करिडोर (नम्बर २)
उत्तर–दक्षिण करिडोर (नम्बर २)
उत्तर–दक्षिण करिडोर (नम्बर १)
लुम्बीनी–कुरिनटार रेल्वे
नुवाकोट विषेश आर्थिक क्षेत्र
नेपालगञ्ज विषेश आर्थिक क्षेत्र
गोर्खा विषेश आर्थिक क्षेत्र
धादिङ विषेश आर्थिक क्षेत्र
आइरन ओआरइ (दुहबी)
ग्याँस दैलेख
पेट्रोलियम रिफाइनरी (जितपुर)
पूर्वाधार विकास बैंक
अत्तरिया–उत्तराखण्ड प्रसारणलाइन
लम्की–टुकनिया प्रसारणलाइन
कोहलपुर–रुपेडिया प्रसारणलाइन
बुटवल–गोरखपुर प्रसारणलाइन
इनरुवा–पुनेरा प्रसारणलाइन
रसुवा केरुङ प्रसारणलाइन
खाँदबारी–किमाथांका प्रसारणलाइन
रारा लेक लक्जरी रिसोर्ट
सगरमाथा नेशनल पार्क लक्जरी रिसोर्ट
शे–फोक्सुन्डो नेशनल पार्क लक्जरी रिसोर्ट
खप्तड नेशनल पार्क लक्जरी रिसोर्ट
प्रदेश नं. १, २, ५, ६ र ७ मा फाइभ स्टार बिजनेश होटल
माशु प्रशोधन उद्योग
बस र्यापिड ट्रान्जिट काठमाडौं
बस र्यापिड ट्रान्जिट पोखरा
बस र्यापिड ट्रान्जिट बिराटनगर
बस र्यापिड ट्रान्जिट भरतपुर
बस र्यापिड ट्रान्जिट नेपालगञ्ज
बस र्यापिड ट्रान्जिट भैरहवा र बुटवल
काठमाडौं मोनोरेल प्रोजेक्ट
पोखरा मोनोरेल प्रोजेक्ट
बिराटनगर मोनोरेल प्रोजेक्ट
भरतपुर मोनोरेल प्रोजेक्ट
बीरगञ्ज मोनोरेल प्रोजेक्ट
भैरहवा र बुटवल मोनोरेल प्रोजेक्ट
इटहरी र धरान मोनोरेल प्रोजेक्ट
नेपालगञ्ज मोनोरेल प्रोजेक्ट
तराई काठमाडौं रोप वे
केवलकार प्रोजेक्ट
काठमाडौंमा निजी अस्पताल
प्रदेश नं. १, २, ४, ५, ६ र ७ मा निजी अस्पताल
डाइनोष्टिक सेन्टर
सिटीइभिटी कलेज काठमाडौं
सिटीइभिटी कलेज पोखरा
सिटीइभिटी कलेज चितवन
सिटीइभिटी कलेज धनकुटा
सिटीइभिटी कलेज झापा
सिटीइभिटी कलेज धनगढी
७ वटै प्रदेशमा खेलकुद र शिक्षा शहर
नेपाल–चीन पेट्रोलियम पाइपलानइन
नेपाल बंगलादेश पेट्रोलियम पाइपलाइन
प्रदेश नं.१, २, ३, ४ र ५ मा सुख्खा बन्दरगाह
३ वटा आइटी पार्क
सात वटै प्रदेशमा १÷१ वटा स्मार्ट सिटी
मोडेल सिटी
सिसा उद्योग
नेशनल सेक्यूरिटी प्रिन्टिङ प्लान्ट
५१ प्रतिशत विदेशी लगानी भएको बीमा कम्पनी
पुनर्बीमा कम्पनी
त्रिभूवन अन्तराष्ट्रिय बिमानस्थलमा ७५ मेगावाटको सोलार प्लान्ट
SHARE YOUR THOUGHTS