काठमाडौं । ज्योति विकास बैंकको बिराटनगर महानगरपालिका वडा नंं.७ रङ्गेलीरोडमा रहेको शाखा कार्यालय भदौ १९ गतेदेखि वडा नंं.७ जलजला चोक स्थित रङ्गेलीरोड (साविकको स्थान बाट पश्चिमतर्फ करिब १०० मिटरको दुरी) को भवनमा सरेको छ ।
नयाँ भवनमा सरेको बैंकको शाखाको उद्घाटन कार्यक्रम करिब २ सय जनाको उपस्थितीका बीच उद्योग संगठन मोरंगका अध्यक्ष मुकेश उपाध्याय र बिराटनगर महानगरपालिकाकी उप-मेयर इन्दिरा कार्कीले संयुक्तरुपमा गरे ।
SHARE YOUR THOUGHTS