काठमाडौं । नेपाल बैंकले नागरिक लगानी कोषमा रहेको संस्थापक सेयर बेच्ने भएको छ ।
बैंकले कोषमा रहेको २ लाख ११ हजार ५ सय १५ कित्ता सेयर बिक्री गर्न लागेको हो । बैंकले संस्थापक सेयर बिक्रीको लागि गोप्य बोलकबोल प्रक्रियाबाट बिक्री गर्न शिलबन्धी आह्वान गरेको छ ।
नेपाल बैंकको नाममा रहेको नागरिक लगानी कोषको सेयर बिक्रीको लागि बिक्री प्रवन्धक सिदार्थ क्यापिटल लिमिटेड रहेको छ ।
बैंकले पछिल्लो समय विभिन्न संस्थामा रहेको सेयर बिक्री गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS