२ पुस २०८२, बुधबार

जगदम्बा सिमेन्टको एप ‘हाम्रो घर’ सार्वजनिक , लागतदेखि घर निर्माणका सम्पूर्ण जानकारी मोबाइलमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जगदम्बा सिमेन्ट उद्योगले ‘हाम्रो घर’ मोबाइल एप सार्वजनिक गरेको छ ।

उद्योगको निर्माण सम्बन्धी जिज्ञासाको समाधान गर्नका लागि एप ल्याइएको जनाएको छ । एपले घर निर्माण सम्बन्धी कार्य गर्ने इन्जिनियर, कन्ट्रयाक्टर, डिलर मेसनलगायतको जानकारी उपलब्ध हुन्छ ।

एपमा कन्स्ट्रक्सन मेटेरियल सर्च, कन्स्ट्रक्सन सिमेन्ट क्वालिटी प्यारामिटर, अर्थक्वाइक सेफ्टी, जगदम्बा सिमेन्ट प्रोफाइल, जगदम्बा सिमेन्ट रिर्पोटका साथै कहाँ किन्ने, यूनिट कन्भटर, कम्पास जस्ता दैनिक उपयोग फिचरहरु भएको कम्पनीले जनाएको छ ।

निर्माणका लागि चाहिने सामग्रीको छनोट, घर निर्माण गर्न घरको लागत, भुकम्प प्रतिरोधी घर निर्माण प्रकृया, लगायत नेपालको पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उपभोक्ताले जगदम्बा सिमेन्टका सेल्स टिमसँग सिधै सम्पर्क गर्न सक्ने छन् ।

हाम्रो घर एप एन्ड्रोइड फोनको प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ । साथै, चाँडै एप स्टोरमा आउने कम्पनीको दाबी छ ।