![](https://internal.appharu.com/wp-content/uploads/2017/07/budda-air.jpg)
काठमाडौं । अब नेपालीहरुले पनि भिसा र मास्टर कार्डबाटै घर वा अपिसमा बसीबसी हवाइजहाजको टिकट किन्न पाउने भएका छन् । बुद्ध एयरले यस्तो सुवा सुरु गरेको छ ।
हिमालयन बैंकले सञ्चालन गरेको इकमर्स पेमेन्ट गेटवेको सहायता लिएर बुद्ध एयरका जुनसुकै गन्तव्यका टिकट किन्न सकिने छ।
त्यतिमात्रै होइन, यात्रुहरुले मोबाइल एपबाट उडान तालिका तथा सस्तो भाडादरबारे जानकारी पनि लिन सक्नेछन् । यसअघि विदेशी नागरिकले मात्रै यस्तो सुविधा पाउँथे ।
भिसा तथा मास्टरकार्ड मद्दतले नेपालसँगै भारतीय नागरिकले पनि टिकट खरिद गर्न सक्ने बुद्ध एयरले जनाएको छ । यसरी टिकट किन्दा यात्रुले अतिरिक्त शुल्क तिर्नु पर्दैन।
SHARE YOUR THOUGHTS