२९ मंसिर २०८२, आइतबार

वायु सेवा निगममा १०६ जनालाई जागिर खुल्यो, कुन पदमा कति योग्यता चाहिन्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल वायुसेवा निगमले राजगारीका लागि आवेदन माग गरेको छ । निगमले विरिष्ठ प्राविधिक अधिकृतदेखि ग्राउण्ड इक्युपमेन्ट अपरेटरसम्म १ सय ६ जनाका लागि जागिर खुलाएको हो ।

निगलमले वरिष्ठ प्राविधिक अधिकृत, वरिष्ठ प्राविधिक अधिकृत (इलेक्ट्रिकल), सिनियर को–पाइलट, अधिकृत, लेखा अधिकृत, वरिष्ठ सहायक, वरिष्ठ लेखा सहायक, वरिष्ठ प्राविधिक, सिनियर आईटी टेक्निसियन, सहायक, लेखा सहायक, ग्राउण्ड इक्युपमेन्ट अपरेटर पदका लागि सार्वजनिक सूचनामर्फत् आवेदन माग गरेको हो ।

निगलमले सबैभन्दा धेरै प्रशासन/समान्य प्रशासनका लागि २२ जना अधिकृत माग गरेको छ । सम्बन्धीत पदका लागि स्नातकदेखि एसएलसी उत्र्तिणले आवेदन दिन सक्नेछन् । सम्पन्धीत पदका लागि सम्बन्धी विषय उत्र्तिण हुनु पर्ने सूचनामा उल्लेख छ ।
आवेदकहरुको छनोट लिखित परीक्षा, एपटिउड टेष्ट, स्ववास्थ्य परीक्षा कम्प्युटर सिप र अन्तरर्वार्ताका माध्यमाबाट हुने निगमले जनाएको छ ।

आवेदकले काठमाडौं उपत्यकामा रहेको नेपाल बैंकको कुनै पनि कार्यालयबाट निगमको खाता नम्बर ०००२-११-००१९४५६ मा १ सय रुपैयाँ जम्मागरी परीक्षा दस्तुर बुझाउनु पर्नेछ ।

सो भौचर र आवश्यक कागजात सहित कात्तिक १८ गतेभित्रमा निगमको केन्द्रीय कार्यालय, न्युरोडबाट दरखास्त दिन सक्निछ । साथै, दोब्बर दस्तुर तिरि कात्तिक २६ गतेसम्म पनि दरखास्त दिन सकिने निगमले जनाएको छ ।