कार्तिक । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बाग्लुुङ्गमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्ईंले गरेका हुन् ।
शाखा उत्घाटन समारोहमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकाल, कम्पनीको संचालक समितिका अध्यक्ष डा. रामहरी अर्याल लगायतको उपस्थिती रहेको थियो ।
शाखा उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईंले जीवन बीमाको माध्यमबाट रोजगारी बढाउन, ग्राहकलाई चुस्त र सहज सेवा प्रदान गर्न कम्पनी सफल हुने विस्वास व्यक्त गरे ।
‘जीवन बिमा क्षेत्रको विकास र विस्तार गरी अग्रणी बीमा कम्पनीको रुपमा आइएमई लाइफ इन्सुरेन्स कम्पनीलाई स्थापित गर्न सफलता मिलोस ।’ चापागाईले शुभकामना दिए ।
मन्तव्यकै क्रममा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने ‘उद्योगी, व्यावसायी, कृषक, सर्वसाधारण साथै आन्तरिक एवं वाह्रय प्रर्यटनको सेवामा समेत कम्पनीले कामगरोस् ।’
आईएमई समुहले गरेका कामको बारेमा जानकारी दिदै अध्यक्ष ढकालले मेची देखि महाकालीबाट बैदेशीक रोजगारीमा रहेका नेपालीहरुको लागि समेत यस आइएमई समूहले कामगरी रहेको जानकारी दिएका थिए ।
छिटो छरितो, भरपर्दो एवं विश्वसनियता सेवा प्रदान गर्ने उद्देश्यले आन्तरिक एवं वाह्य रेमिटान्स सेवा, बैकिङ्ग, जीवन तथा निर्जीवन बीमा सेवा, पर्यटन प्रवद्र्धनको लागि केबलकार, अटोमोवाईल सेवा, जलबिद्युत उत्पादन जस्ता सेवाहरु प्रदान गर्दै आईरहेको उनको भनाई थियो ।
कम्पनीका अध्यक्ष डा. रामहरी अर्यालले आईएमई इन्स्योरेन्सले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी दिएका थिए ।
कम्पनीले देश भरी ५५ वटा शाखाहरु खोलिने र त्यसबाटसेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्र्नेे जानकारी दिए ।
कम्पनीले अबको १ बर्षभित्र सर्बसाधारणलाई शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूंजी २ अर्ब रुपैयाँ पुग्ने जानकारी दिए ।
उक्त समारोहमा प्रमुख जिल्ला अधिकारी लगायत सबै क्षेत्रका मानिसहरुको उपस्थिती रहेको थियो ।
शाखा खोलेकै दिन २० लाख बीमा शुल्क आर्जन गरेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
SHARE YOUR THOUGHTS