काठमाडौं । ग्लोबाल आइएमई बैंक र जीएमई दक्षिण कोरियाकोबीच रेमिट्यान्स सम्झौता भएको छ । आजदेखि औपचारिक रुपमा सुरु गरिएको रेमिट्यान्स सेवाको उद्घाट कोरियाका लागि नेपाली राजदुत अर्जुनजंग बहादुर सिंहले गरेका छन् ।
राजदुत सिंहले कोरियामा ग्लोबल मनि एक्सप्रेस जीएमईको स्थापनासंगै हाल बिभिन्न अनौपचारिक माध्यमबाट नेपालमा भित्रिईरहेको रेमिट्यान्सलाई औपचारिक माध्यमबाट नेपाल भित्र्याउन सकिने बताए ।
बैंकले सन् २०१३ देखि कोरियाबाट रेमिट्यान्स भित्र्याउदै आएको छ । कोरियामा ग्लोबल मनि एक्सप्रेस जीएको स्थापना संगै यसका शाखा तथा अनलाईनबाट सजिल्यै छिटो छरितो रुपमा नेपालमा पैसा पठाउन सकिने जनाएको छ ।
SHARE YOUR THOUGHTS