तीन महिनामा ५६ करोड राजश्व संकलन « Eglish Khabarhub

तीन महिनामा ५६ करोड राजश्व संकलन



भद्रपुर । आन्तरिक राजश्व कार्यालय भद्रपुरले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कूल ५६ करोड तीन लाख ८१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले ४७ करोड ८२ लाख ५६ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार संकलित राजश्वमा आयकर १७ करोड ८५ लाख ६२ हजार रुपैयाँ, बहाल कर दुई करोड छ लाख ५३ हजार रुपैयाँ, ब्याजकर दुई करोड ९० लाख ५२ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर २१ करोड १८ लाख ५३ हजार रुपैयाँ, अन्तःशुल्क १० करोड ३० लाख १९ हजार रुपैयाँ, स्वास्थ्य सेवा कर एक करोड ३२ लाख छ हजार रुपैयाँ र शिक्षा सेवा शुल्क ३९ लाख ४६ हजार रुपैयाँ रहेको छ ।

करदाता सेवा कार्यालय इलाम र दमकमा रहेका यस कार्यालयको शाखाबाट समेत गरेर सो राजश्व संकलन भएको कार्यालय प्रमुख बोलराज आचार्यले जानकारी दिए ।

Publish on: