२९ मंसिर २०८२, आइतबार

सेयर बजारबारे टिप्पणी गर्दै हुनुहुन्छ ? होसियार ! २ वर्ष जेल बस्नुपर्ला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजार घट्छ वा बढ्छ भनेर प्रतिक्रिया दिँदै हुनुहुन्छ ? त्यसो हो भने होसियार ! तपाईंले ३ लाख जरिवाना र २ वर्ष जेल बस्नुपर्ने हुनसक्छ ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले दलाल ब्यबसायी र मर्चेन्ट बैंकरलाई सेयर बजारका बारेमा टिप्पणी नगर्न कडा निर्देशन दिएको छ।

बोर्डले सोमबार निर्देशन जारी गर्दै सेयर बजारलाई उतार चढाब ल्याउने बक्तव्यबाजी गर्न रोक लगाएको हो ।

‘विगत केही समयदेखि पत्रपत्रिका तथा अनलाइनहरुमार्फत शेयर मूल्य घटबढ हुँदैछ भन्ने प्रकारका अभिब्यक्ति आएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउँदै अब आइन्दा बजार थपघटका बारेमा बोले कारवाही गरिने छ,’ बोर्डले दिएको निर्देशनमा भनिएको छ ।

केही ब्रोकर तथा मर्चेन बैंकर सञ्चालकले आफ्नो स्वार्थअनुकुल सेयर बजार घट्छ वा बढ्छ भनेर सामाजिक सञ्जाल र आमसञ्चार माध्यमहरुमा आफ्ना भनाईहरु प्रकाशित/प्रसारित गर्दै आएका थिए ।