२९ मंसिर २०८२, आइतबार

बेरोजगारलाई खुसीको खबर, अब एकै ठाउँमा जागिरका सूचना पाउन सकिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तपाईंलाई रोजगारी चाहिएको छ ? वा तपाईंको कम्पनीलाई कर्मचारी चाहियो ?

जागिर चाहिएको भए अब तपाई दैनिक पत्रपत्रिका पढ्न पत्रिका पसल धाउनुपर्ने वा पैसा तिरेर पत्रिकाको ग्राहक बन्नुपर्ने छैन । एकै ठाउँमा तपाईले रोजगारीका सूचनाहरु पाउन सक्नुहुने भएको छ ।

तपाईंलाई जागिर खाने मान्छे चाहिएको छ भने अझ खुसीको खबर । अब पत्रपत्रिकामा पैसा तिरेर विज्ञापन छपाइरहनु पर्दैन । अनलाइनमार्फत नै कर्मचारी खोज्न सकिने भएको छ ।

जवडेस्क डट कमले सित्तैमा कर्मचारी आवश्यकताको सूचना पोस्ट गर्ने सुविधा उपलब्ध गराएको छ ।

‘कुनै कम्पनीलाई कामदार चाहिए उसले सीधै हाम्रो साइटमा सित्तैमा विज्ञापन राख्नसक्छ,’ कम्पनीका निर्देशक बैकुण्ठराज आचार्यले भने, ‘सबैतिर पैसा नतिरी विज्ञापन गर्न नपाउने अबस्थामा हामीले सित्तैमा सेवा दिन थालेका छौं ।’

अर्यालका अनुसार कर्मचारी चाहिने कम्पनीले यस वेवसाइटबाट रोजागारी खोज्ने ब्यक्तिको बायोडाटासमेत प्राप्त गर्न सक्नेछन् । यसरी जबडेस्कमा अपडेट गरिएका कर्मचारी आवश्यकताका सूचना सीधै सामाजिक संजालमा सेयर गर्न सकिने छ ।