सिटिजन लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा मह जोडी « Eglish Khabarhub

सिटिजन लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा मह जोडी



काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कम्पनीको ब्राण्ड एम्बेस्डरमा कलाकारद्धय मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य (मह जोडी) लाई घोषणा गरेको छ ।

कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बि.सी. तथा मुख्य प्रबन्धक कवि फुयालले कलाकारद्धय महसँग एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

मह जोडीले प्रत्येक परिवारको लागि जीवनबीमाको आवश्यकताको बारेमा देशभर जनचेतना जगाउने र जीवन बीमा गरी आफ्नो जीवन सुरक्षित गर्ने बानीलाई प्रोत्साहित गर्नेछन् जसले गर्दा परिवारलाई आर्थिक संकटमा सहयोग गर्नुकोे साथै वृद्धा अवस्थामा सुखद जीवनयापन व्यतित गर्न सघाउने कम्पनीले उल्लेख गरेकोछ ।

सिटिजन लाइफ इन्स्योरेन्सले गएको कात्तिक २ गतेदेखि व्यवसायिक कारोबार शुभारम्भ गरेको हो । कम्पनीले देशभरीका २५ वटा शाखा सञ्जालमार्फत ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको जनाएको छ ।

Publish on: