ग्लोबल आइएमई र मेट लाईफबीच बैंकाइन्स्योरेन्स सम्झौता « Eglish Khabarhub

ग्लोबल आइएमई र मेट लाईफबीच बैंकाइन्स्योरेन्स सम्झौता



काठमाडौं । ग्लोबल आइएमई बैंकले मेटलाईफ इन्स्योरेन्स कम्पनीसँग बैंकाइन्स्योरेन्स सम्झौता गरेको छ । बैंकले निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई जीवन बीमा सेवा दिने उद्धेश्यले मेटलाईफ इन्स्योरेन्ससँग बैंकाइन्स्योरेन्स सम्झौता गरेको जनाएको छ ।

बैंकाइन्स्योरेन्स सम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल तथा मेटलाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट उपाध्यक्ष एंव कार्यकारी निर्देशक निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता पश्चात ग्लोबल आइएमई बैंकका ग्राहकहरुले ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा मार्फत छिटो, छरितो तथा सहजरुपमा बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

बैंकको १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२५ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५३ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

Publish on: