क्यान मेला माघ ११ गतेदेखि आयोजना हुने « Eglish Khabarhub

क्यान मेला माघ ११ गतेदेखि आयोजना हुने



काठमाडौं। क्यान महासंघले वर्षेनी आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेक यस वर्ष माघ ११ गतेदेखि १६ गतेसम्म भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ ।

विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेकको यो २४ औं संस्करण भएको महासंघले जानकारी दिएको छ ।

क्यान महासंघले बिहिवार पत्रकार सम्मेलन गरि प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स्का बारेमा जानकारी हासिल गर्न सकिने जानकारी दियो ।

“सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा ठुला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहनेछन् । हालसम्म मुख्य प्रदर्शनहल भित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा ६० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेको महासंघका विश्व बलामीले जानकारी दिए ।

यस २४ औं संस्करण क्यान ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु केबलनेट प्रा.ली रहेको तथा एशोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारीक बिक्रेता लाईफकम प्रा.लि रहेको छ ।

अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क १ सय रुपैयाँ र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ ।

प्रदर्शनीमा डिजिटल टिभी, ब्रोडब्याण्ड इन्टरनेट सेवा, फोरजी प्रविधि, मोबाइल फोन, साईबर अपराधको बारेमा जानकारी प्रदान गरिने महासंघका अध्यक्ष ईन्जिनियर बिनोद ढकालले जानकारी दिए ।

Publish on: