काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २३औं शाखा खिचापोखरी, न्यूरोड, काठमाडौंमा मंसीर २९ गतेदेखि संचालनमा ल्याएको छ ।
सो शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले गरे । सो अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईँले बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिए ।
अध्यक्ष चापागाईज्यूले सबैले बीमालाई बाध्यताको कारण नभै आफ्नो सम्पत्तीको सुरक्षाको लागि बीमा गर्ने बानी बसाल्न आजैदेखि लाग्नुपर्ने भन्दै सबैले आफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यसाय विस्तार गर्न पनि आग्रह गरे ।
सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले निकट भविष्यमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर प्रदान जारी यसै आ.ब.को अन्तसम्ममा कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँ पुयाउने जानकारी गराउँदै अबको २ महिना भित्र थप १६ शाखा तथा सम्पर्क कार्यालयहरु खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जानकारी गराए ।
उद्घाटन भएको शाखा सहित २३ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ३६ स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।
SHARE YOUR THOUGHTS