सगरमाथा इन्स्योरेन्सले अर्को बर्ष देला शतप्रतिशत बोनस ? « Eglish Khabarhub

सगरमाथा इन्स्योरेन्सले अर्को बर्ष देला शतप्रतिशत बोनस ?


१४ पुस २०७४, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्नो २१ औं बार्षिक साधारण सभा यहि पुस २१ गते बोलाएको छ ।

कम्पनीले सेयरधनीलाई यस आर्थिक बर्षमा लाभांस वितरण नगरिकन सो रकम जगेडा कोषमा स्थानान्तरण गर्ने जनाईसकेको छ । आर्थिक बर्ष २०७३/७४ मा कम्पनीले २७ करोड ६२ लाख खुदनाफा आर्जन गर्दासमेत किन लाभांस दिएन भन्ने जिज्ञासा लगानीकर्ताहरुमा रहेको पाईन्छ ।

कम्पनीले बिगतका दिनमा नियामक निकायले तोकेको पुँजी पुर्याउनको लागि एकै बर्षमा १२९ प्रतिशतसम्म बोनस सेयर तथा नगद लाभांस लगानीकर्तामा वितरण गरेको थियो । निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीमध्ये अहिलेसम्म सबैभन्दा धेरै प्रतिफल दिने कम्पनीमा सगरमाथा रहेको छ ।

कस्तो छ वित्तीय अबस्था
भूकम्पको कारण परेका दाबीहरु मध्ये सबैभन्दा बढि दाबी संख्या रहेको यस कम्पनीले आर्थिक बर्ष २०७१÷७२ मा पनि ७ करोड भन्दाबढि मुनाफा आर्जन गरेको थियो । तर, कम्पनीले आर्थिक बर्ष २०७२/७३ मा भने २० करोड ६७ लाख खुद मुनाफा कमाउँदै कम्पनीलाई भुकम्पको धक्काले खासै असर नगरेको देखाउन सफल भएको थियो ।

अघिल्लो आर्थिक बर्षको जस्तै २०७३/७४ मापनि कम्पनीले २७ करोड ६२ लाख रुपैयाँ नाफा कमाउँदै बीमा बजारमा दह्रहो उपस्थिति कायम गर्न कम्पनी सफल भएको वित्तीय विवरणमा देखिएको छ ।

व्यवसायको हिसाबले पनि कम्पनीको वृद्धिदर राम्रै देखिएको छ । कम्पनीले आर्थिक बर्ष २०७१/०७२ मा १ अर्ब २ करोड बीमा शुल्क आर्जन गरेको थियो भने आर्थिक बर्ष २०७२/०७३ मा १ अर्ब ११ करोड बीमाशुल्क आर्जन गरेको थियो ।

गत आबमा २०७३/०७४ मा १ अर्ब ४४ करोड बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आबको पहिलो त्रैमासमा ४३ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । औषतमा कम्पनीले आफ्नो व्यवसाय करिब २० प्रतिशतले वृद्धि गराउँदै लगेको छ ।

कम्पनीको जगेडा कोषमा २५ करोड १० लाख रुपैयाँ रहेको छ भने कम्पनीको बीमा कोषमा ४८ करोड ८७ लाख रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको महाविपत्ति कोषमा ४ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

कस्तो रहला प्रतिफल
यस बर्ष कुनैपनि प्रतिफल नदिने घोषणा गरेको कम्पनीको चुक्तापुँजी ५३ कारोड ८२ लाख ९१ हजार ९०० रुपैयाँ रहेको छ । बीमा समितिले आर्थिक बर्ष २०७५/७६ सम्ममा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको चुक्तापुँजी १ अर्ब पुर्याउनुपर्ने व्यवस्था गरेको छ ।

यस्तोमा कम्पनीले लाभांस वितरण गर्न पाउने १६ करोड ५३ लाख ८९ हजार ८०२ रुपैयाँ तत्काल वितरण नगरेर यो आर्थिक बर्षको नाफासहित वितरण गर्ने लक्ष्य राखेको हुन सक्छ ।

यदि अगामी बर्ष नै कम्पनीले लाभांस दिने सोच बनाएको हो भने, उसले करिब ८० देखि ९० प्रतिशतको बिचमा प्रतिफल दिन सक्ने देखिन्छ । कायम सेयरधनीलाई अहिले नै प्रतिफल बाँड्ने हो भनेपनी कम्पनीले करिब २७ प्रतिशत बोनस सेयर वितरण गर्न सक्ने अबस्थामा रहेको छ ।

अहिले बितरण नगरिएको १६ करोड ५३ लाख र कुनै बिपत्ती नआएको खण्डमा चालु आबमा कम्पनीले करिब ३० करोड नाफा कमाउन सक्ने देखिन्छ । यसैलाई आधार बनाउने हो भने कम्पनीले आगामी बर्ष ४० करोड भन्दा बढी रकम लाभांस वितरण गर्न सक्ने छ ।

यस्तो हुन सक्छ पुँजी वृद्धिको प्लान
५३ करोड ८२ लाख चुक्तापुँजी रहेको कम्पनीले समितिले तोके बमोजिम एक अर्ब पुँजी पुर्याउन अब ४६ करोड १८ लाख रुपैयाँ उठाउनु पर्ने हुन्छ । यो आर्थिक बर्षको नाफाबाट कम्पनीले बोनस सेयर वितरण नगरेकाले साधारण सभा पश्चात् कम्पनीको बीमा कोष कम्पनीको कायम चुक्तापुँजी बराबर हुने हुँदा आगामी बर्षको नाफाबाट आउने सम्पूर्ण रकम लाभांसको रुपमा वितरण गर्न पाउने छ । कम्पनीसँग अहिलेनै वितरण योग्य रकम १६ करोड ५३ लाख रुपैयाँ भएकाले उसले २८ करोड ६५ लाख रुपैयाँ थप व्यवस्था गर्नु पर्ने छ ।

त्यसकालागि चालु आबमा ३० करोड मुनाफा आर्जन गर्न सक्ने हो भने कम्पनीले बोनस सेयरबाट नै निर्धारित चुक्तापुँजी पूरागर्न सक्ने देखिन्छ ।

त्यो नभई कम्पनीको नाफा गत आबको हाराहारीमा मात्रै भएको खण्डमा नपुग रकमकोलागि करिब १० देखि २० प्रतिशतको हाराहारीमा हकप्रद सेयर जारी गर्दै समितिले तोकेको १ अर्ब पुँजी पुर्याउन सक्ने देख्निछ ।

प्रकाशित मिति : १४ पुस २०७४, शुक्रबार ००:००  ९ : ०४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping