माओवादी केन्द्रबाट प्रदेसभाका सांसदको सिफारिश « Eglish Khabarhub

माओवादी केन्द्रबाट प्रदेसभाका सांसदको सिफारिश


१४ पुस २०७४, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभातर्फ ३५ जनाको नाम सिफारिश गरेको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आज बसेको बैठकले प्रदेशसभातर्फ समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका सदस्यको चयन गरेको हो ।

पार्टीले प्रदेश नं १ र २ मा पाँच पाँच, प्रदेश नं ३ मा आठ, प्रदेश नं ४ मा तीन, प्रदेश नं ५ मा छ  तथा प्रदेश नं ६ र  ७ मा चार चार उम्मेदवारलाई प्रदेशसभाको समानुपातिक सांसदमा सिफारिश गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रदेश नं १ मा सीता थेवे, कुसुमकुमारी श्रेष्ठ, सौभाग्य राई, सरस्वती पोखरेल र उमिता विश्वकर्मालाई प्रदेशसभा सांसदमा सिफारिश गरिएको छ ।

यस्तै प्रदेश नं २ का लागि जगतप्रसाद यादव, महम्मद समीर, रुविकुमारी कर्ण, प्रमिलाकुमारी यादव र फुलियादेवी सदालाई चयन गरिएको छ ।  प्रदेश नं ३ का लागि दिनेश महर्जन, आङ्देण्डी लामा, ओम घलान, हिमाली गोले, प्रतिमा श्रेष्ठ, सीता अधिकारी, भावना सुवेदी र कञ्चन खनाललाई सिफारिश गरिएको छ।

माओवादी केन्द्रका अनुसार प्रदेश नं ४ का लागि गायत्री गुरुङ, मधु अधिकारी (गुरुङ) दिलमाया रोका मगर (गौतम) लाई चयन गरिएको छ ।  प्रदेश नं ५ का लागि गीता थापा, दामाकुमारी शर्मा, पार्वती पुन (गहतराज), लौटी थारु, दीपा विक, सुष्मा यादव सिफारिश भएका छन् ।

त्यसैगरी प्रदेश नं ६ का लागि पुष्पा घर्ती विष्ट, सीताकुमारी नेपाली, विमला केसी र कृष्णा शाह सिफारिशमा परेका छन् । नेपाली र केसी माओवादी केन्द्रका तर्फबाट तत्कालीन संविधानसभा सदस्यसमेत थिए । माओवादी केन्द्रले प्रदेश नं ७ मा निर्मला बडाल (जोशी),कुन्ती जोशी, विनिता चौधरी र शान्ति नेपाली प्रदेशसभा सांसदका लागि सिफारिश गरेको छ ।

पार्टीले अधिकांश प्रदेशमा महिलालाई सिफारिश गरेको छ । संविधानको मर्मअनुसार ३३ प्रतिशत महिला प्रतिनिधित्व मिलाउनैपर्ने बाध्यकारी व्यवस्थाका कारण कूल ३५ जनामा पाँच जना मात्रै पुरुष सिफारिशमा परेका छन् ।  प्रदेश नं २ मा दुई र प्रदेश नं ३ मा तीन पुरुष सिफारिशमा परेका छन् । गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रदेशसभातर्फ माओवादी केन्द्रका ७४ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट विजयी भएका थिए ।

निर्वाचन आयोगले आजसम्म प्रदेशसभाका लागि समानुपातिकतर्फको उम्मेदवारको नाम बुझाउन समय दिएको थियो । सोही समयभित्रै आयोगलाई उम्मेदवारको नाम बुझाइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिर्इन् ।

प्रकाशित मिति : १४ पुस २०७४, शुक्रबार ००:००  ७ : ०९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping