पोखरा–बागलुङ राजमार्ग फराकिलो बनार्इंदै, तीन वर्षभित्र बनाउने योजना « Eglish Khabarhub

पोखरा–बागलुङ राजमार्ग फराकिलो बनार्इंदै, तीन वर्षभित्र बनाउने योजना


१६ पुस २०७४, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

पर्वत । पोखरादेखि धौलागिरि अञ्चलका चार जिल्ला जोड्ने एकमात्र सडक पोखरा–बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्ररुपमा थालिएको छ ।

विगत लामो समयदेखि जीर्ण रहेको राजमार्ग वर्षौंदेखि टालटुलको भरमा चल्दै आएकोमा यस पटक बल्ल बृहतरुपमा सुधार गर्न थालिएको हो । सडक विभागअन्तर्गतको मध्यपहाडी आयोजनाले राजमार्गलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भारलाई गति दिएको छ ।

आयोजनाको पश्चिम खण्डका प्रमुख सूर्यबहादुर भाटकाअनुसार राजमार्ग पूरै नयाँ स्वरुपमा विस्तार र स्तरोन्नति गर्न थालिएको छ । अहिले चारवटा प्याकेज बनाएर राजमार्ग मर्मत सम्भारसहित विस्तार गर्न थालिएको भाटले बताए।

बहत्तर किलोमिटर लामो पोखरा–बागलुङ सडक तीन वर्षमा धेरैजसो भाग पूरै नयाँ बन्नेछ ।

‘साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम थियो,अबको तीन वर्षभित्र यो राजमार्ग पूरै नयाँ बन्नेछ । दोहोरो सवारी साधन चल्न मिल्ने गरी सडकले आकार लिनेछ,’ भाटले भने।

राजमार्ग विस्तार र मर्मतको काम गत कात्तिकदेखि शुरु भएको थियो ।

भाटकाअनुसार यो आयोजना पोखराबाट शुरु हुनेछ । पोखराको जिरो किलोमिटरदेखि याम्दीसम्म छ किलोमिटर पहिलो र त्यसपछि घट्टेखोलासम्मको खण्ड दोस्रो भागमा पर्नेछ । घट्टेखोलादेखि नयाँ पुलसम्मको करिब २५ किलोमिटरलाई तेस्रो खण्डमा र नयाँपुलदेखि पर्वतको मालढुंगासम्मको खण्ड (२४ किमी) लाई अर्को खण्डमा बाँडेर मर्मत सम्भार र विस्तार गर्न थालिएको छ ।

उनका अनुसार पोखराको जिरो किलोमिटरदेखि याम्दीसम्म छ लेनको सडक तयार हुनेछ भने फेँदीसम्म पनि छ लेनको सडक बन्ने भएको छ । फेँदीदेखि घट्टेखोलासम्म नौ मिटर फराकिलो सडक बन्ने भएको छ ।

यो सडक विस्तार र स्तरोन्नति गर्न करिब तीन अर्ब ३२ करोड रुपैयाँ लाग्ने भएको छ । चारवटा निर्माण कम्पनीले काम गर्न थालेको भाटले जानकारी दिए ।

कास्कीको नयाँपुलदेखि पर्वतको कुश्मासम्मको खण्ड सबैभन्दा अप्ठेरो रहेको छ । ठाउँठाउँमा पहरो भएकाले चट्टान फुटाउन पनि समस्या रहेकाले विस्तारमा समय लाग्नसक्ने बताइएको छ ।

धेरै नै पहिले राजमार्ग बनिसकेकाले अहिले विस्तार गर्दा त्यसमा मुआब्जा कतै तिर्नुपर्दैन । पहिला नै सडकको केन्द्रदेखि १५ मिटर दुवैतिर मापदण्ड तोकिएको थियो ।

यो राजमार्ग पछिल्लो समय भाँसिने समस्याले ग्रसित हुँदै आएको छ । वर्षेनी मर्मत भएपछि भासिन नछाडेपछि सडक पूरै नयाँ स्वरुपमा विस्तार गर्न जरुरी थियो । यस सडकमा पर्ने पुल अझै साँघुरा भएकाले ती पुलको आकार बढाउनेबारे पनि छलफल भएको बताइएको छ ।

पोखरा–बागलुङ राजमार्ग करिब तीनदशक अघि चीन सरकारको सहयोगमा बनेको हो । चीनले उक्त राजमार्गलाई आव २०५०/५१ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

मर्मत सम्भार चलिरहेको सडकमा यतिबेला काँडेदेखि नयाँ पुलसम्मको सबै खण्ड अस्तव्यस्त भएको छ । मर्मत सम्भारले निर्माण सामग्री बाटोमा थुपारिँदा कतिपय खण्डमा एकतर्फी मात्र सवारी गुड्न सक्छन् । विस्तारको क्रमसँगै सवारी साधनको दोहोरो आउजाउ हुँदा काममा बाधा परेको बताइएको छ ।

प्रकाशित मिति : १६ पुस २०७४, आइतबार ००:००  ५ : ५८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping