सामसंगले सार्वजनिक गर्यो १४६ इन्चको डिस्प्ले भएको विश्वको सबैभन्दा ठुलो टिभी « Eglish Khabarhub

सामसंगले सार्वजनिक गर्यो १४६ इन्चको डिस्प्ले भएको विश्वको सबैभन्दा ठुलो टिभी



काठमाडौं। दक्षिण कोरियाली कम्पनी सामसंगले अमेरिकामा आयोजना भईरहेको कन्ज्यूमर इलेक्ट्रोनिक्स शोमा  विश्वकै सबैभन्दा ठूलो आकारको नयाँ टेलिभिजन सार्वजनिक गरेको छ, जून १४६ इन्चको रहेको छ ।

सामसंगले यो टिभीको नाम ‘दि वाल’ राखेको छ, जून विश्वको पहिलो मोडूलर माइक्रो एलईडी टिभी हो ।

माइक्रो एलईडीमा प्रत्येक पिक्सेलमा उनीहरुको आफ्नै लाइट हुन्छ जसले गर्दा एलसिडीको जस्तो ब्याक लाईट आवश्यक पर्दैन् ।

यो टिभीको सबैभन्दा ठूलो विशेषता भनेको यसलाई आफूले चाहेअनुसारको साइजमा तयार पार्न सकिन्छ ।

सन् २०१८ मा उपलब्ध हुने यो टिभीमा कम्पनीले बिक्सबी सर्पोट दिनेछ ।

Publish on: