वीरगञ्ज । विगत दुई वर्ष अघिसम्म पर्सा जिल्लामा १८ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, वीरगञ्जले चालु आवभित्र सो चुहावट नियन्त्रण गरी १० प्रतिशतमा झार्न चुहावट नियन्त्रण अभियान थालेको छ ।
प्राधिकरणले लुकीछिपी विद्युत् चोरी गर्नेलाई धमाधम पक्राउ गरी कारबाही गर्न थालेपछि अहिले पर्सा जिल्लामा विद्युत् चुहावट नियन्त्रण हुँदै गएको केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवले बताए ।
जम्मा ६७ हजार ग्राहक रहेको पर्सा जिल्लामा विद्युत् चुहावट गर्नेलाई पक्राउ गरी जरिवानाबापत १३ लाख रुपैयाँ राजस्व उठाएको छ भने ग्राहकले धमाधम मिटर लिन थालेका छन् ।
सरकारी तथा अन्य कार्यालयबाट ५० करोड रुपैयाँ बक्यौता रकम उठाउन प्राधिकरणले पत्राचारसमेत गरेको छ ।
SHARE YOUR THOUGHTS