घरजग्गाको कारोबार अब ‘घरजग्गाको साथी’ मार्फत, ०.५ प्रतिशतमै कारोबार गर्न पाइने « Eglish Khabarhub

घरजग्गाको कारोबार अब ‘घरजग्गाको साथी’ मार्फत, ०.५ प्रतिशतमै कारोबार गर्न पाइने



काठमाडौं । घर तथा जग्गा किन्न, बेच्न र भाडामा लिन–दिनको लागि अब संस्थागत रूपमै ‘घर जग्गाको साथी’ मार्फत कारोबार गर्न सकिने भएको छ । राजधानीको दरवारमार्गमा रहेको हाइल्याण्ड प्रोपर्टिजले ‘घरजग्गाको साथी’ ब्राण्डबाट आफ्नो सेवा शुरू गरेको हो ।

घरजग्गाको साथीमार्फत अब घर तथा जग्गाधनीले आफ्नो सम्पति बेच्न तथा किन्न चाहानेले संस्थागत रूपमा सरल र पारदर्शी सेवा पाउने भएको कम्पनीले जानकारी दिएको छ । भाडामा लिन र दिन चाहनेले पनि यो सेवा पाउने छन् ।

घरजग्गाको साथीले कारोबारको ०.५ प्रतिशतको सेवा शुल्कमा आफ्नो सेवा दिने घोषणा गरेको छ ।

‘हामीले अहिले बजारमा भएका सबै विकृती र अविश्वास हटोस् र किन्न–बेच्न संस्थागत मध्यस्थकर्ताको माध्यमबाट निर्धक्क भएर कारोबार गर्न सक्नुका साथै कम्पनीले घर तथा जग्गासम्बन्धी कानुनी परामर्श, घरको इञ्जिनियरिङ डिजाइन, आर्किटेक्चरल डिजाइन, ठेकेदार, वास्तुसहित घरजग्गा सम्बन्धी आवश्यक परामर्श दिनेछौं,’ कम्पनीका प्रबन्ध निर्देशक भवि शर्माले भने ।

सबै प्रक्रियाबाट ग्राहकहरूलाई सुरक्षित बनाई एकै ठाउँबाट सबै किसिमका सेवाहरू उपलब्ध गराउने घरजग्गाको साथी नेपालकै पहिलो कम्पनी भएको दाबी गरेको छ ।

यस किसिमको सेवामा सामान्यरूपमा कारोबारको ०.५ प्रतिशत सेवा शुल्कमै रहेर अत्याधिक सेवा दिने कम्पनीको भनाई छ ।

हाइल्याण्ड प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट कम्पनीको एउटा ब्राण्ड ‘घरजग्गाको साथी’ भए पनि यो कम्पनी आफैमा इन्भेष्टमेन्ट कम्पनी भएको र विविध क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ ।

Publish on: