काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले चावहिलमा शाखा खोलेको छ । यो सहित कम्पनीको शाखा संख्या २४ पुगेको छ ।
शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए ।
कम्पनीको आज उद्घाटन भएको शाखा सहित २४ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ३७ स्थानबाट सेवाग्राहीहरुलाई सेवा दिदै आउको छ ।
कम्पनीले निकट भविष्यमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर प्रदान गरी यसै आर्थिक वर्ष अन्तसम्ममा कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख पुर्याउने र ५ प्रतिशत बोनस सेयर दिएपछि चुक्ता पुँजी २ अर्ब २ करोड पुग्ने छ ।
कम्पनीले केही समय भित्रमा थप १७ शाखा तथा उपशाखा कार्यालय खोल्ने जनाएको छ ।
कम्पनीले दोस्रो त्रैमासिक अवधीसम्म ४३ करोड रुपैयाँ बीमा शुल्क् आर्जन गरेको जानकारी ढकालले दिए ।
SHARE YOUR THOUGHTS