घले समाजको भवन निर्माणमा एनआरएनए अध्यक्ष भट्टको सहयोग « Eglish Khabarhub

घले समाजको भवन निर्माणमा एनआरएनए अध्यक्ष भट्टको सहयोग



काठमाडौं । घले समाजको संस्कृति, धर्म, परम्परा र इतिहासलाई नजिकबाट नियाल्ने उद्देश्यले निर्माण सुरु गरिएको घले समाजको भवन निर्माणका लागि एनआरएनए अध्यक्ष भवन भट्टले ३ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।

घले समाजले भवन निर्माणको कोष संकलन अभियान सञ्चालन गरेपछि अध्यक्ष भट्टले सो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

हालै घले समाजद्वारा आयोजना गरिएको एक कार्यक्रममा सहभागी हुँदै अध्यक्ष भट्टले आफू घले समुदायको बाहुल्यता रहेको गोरखा जिल्लाबासी भएकोले पनि बाल्यकालदेखि नै घलेसँगको घुलमिल राम्रो रहेको स्मरण गर्दै सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताए ।

एनआरएनएमा पनि मिलनसार र देशप्रति केही गरांै भन्ने भावना भएका निवर्तमान अध्यक्ष शेष घलेबाट आफूले धेरै सिक्ने मौका पाएको उनले सुनाए ।

भवन करिब १ रोपनी जग्गामा निर्माण गरिने जानकारी दिइएको छ । सो भवनभित्र २ सभाकक्ष, २ पार्टी हल, केन्द्रीय कार्यलय, संग्रहालय र केही स्थान व्यावसायिक प्रयोजनका लागि निर्माण गरिने छ ।

भवन निर्माणका लागि अनुमानित ४ करोड रुपैयाँ प्रस्ताव गरिएको छ ।

Publish on: