एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले मेडिसिटी अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने « Eglish Khabarhub

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले मेडिसिटी अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने




काठमाडौं । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा बिशेष परार्मश सहित अस्पतालको बिभिन्न सेवा तथा सुबिधाहरुमा १० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

ग्राहकहरुले बैंकको एनएमबि भिसा डेभिट तथा एनएमबि क्रेडिट कार्डको प्रयोग गरि अस्पतालको अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुको उपचार लगायत बिभिन्न सेवा तथा सुबिधाहरुमा यो बिशेष छुट सुबिधा प्राप्त गर्न सक्नेछन् ।

बैंकले आफ्ना ग्राहकवर्गहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समय देखि यस्ता बिभिन्न खाले योजनाहरु ल्याउने गरेको बैंकले जनाएको छ । हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको बैंकले जानकारी दिएको छ ।

Publish on: