बजारमा तपाईले चाँदी भनेर किनेको धातु ‘क्याडमीयम’ त होइन ? « Eglish Khabarhub

बजारमा तपाईले चाँदी भनेर किनेको धातु ‘क्याडमीयम’ त होइन ?



काठमाडौं । केही ब्यबसायीले चाँदीजस्तै देखिने ‘क्याडमीयम’ धातुलाई चाँदी भनेर बेच्ने गरेको नेपाल गुणस्तर तथा नापतौल विभागले जानकारी दिएको छ ।

बिभागका रसायनिक ल्याबका निर्देशक दिपक ज्ञवालीका अनुसार ‘चाँदी ब्यवसायमा नेपालमा बनेका चाँदीमा भन्दा भारतबाट आउने गरेका चाँदीका गहनाहरुमा क्याडीयम बढी भेटिने गरेको छ ।’

‘नेपालमा यसको प्रयोगनै भएको छैन भन्ने होइन तर विगतको भन्दा निकै कम भने भएको छ ।’ ज्ञावालीले क्लिकमाण्डुसँग भने ।

संसारमा ब्याण्ड गरिएको क्याडमीयम नामक धातु नेपाल र भारतमा भने अझै केही ब्यबसायीले चाँदीको नाममा व्यापार गरिरहेको उनको भनाई छ ।

क्याडमीयम चाँदीजस्तै देखिएपनि त्यसलाई जलाउँदा त्यसबाट निस्कने भ्यापोर मानिसको पसिना अथवा र्यालबाट शरिरमा गए त्यसले क्यानसरसम्मको जटिल रोग निम्ताउन सक्ने ज्ञवाली बताउँछन् ।

केही वर्षअघि नेपालबाट चाँदी जापान र यूरोपीयन देशमा पढाउदा चेकजाँचको क्रममा यो तथ्य पत्ता लागे पछि हामीले पनि नेपालमा चाँदी परिक्षण गरेका हौं ज्ञवालीले सुनाए ।

यस्तो छ सुन र चाँदीको मापदण्ड
नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार अहिलेसम्म सुनचाँदीमा उपभोक्ताको डिमाण्ड अनुसार विक्रेताले बनाएर दिनु यसको मुख्य मापदण्ड हो ।

यो आर्थिक वर्षमा सुनको स्यामपल २ देखि ३ पटकसम्म टेस्टको लागि ल्याबमा ल्याइएको बिभागले जानकारी दिएको छ ।
बिभागका अनुसार २२ क्यारेटको सुनमा ९१.६ प्रतिशत सुन हुनु पर्छ भने ८.४ प्रतिशत अन्य चाँदी र तामा जस्ता धातु राख्न पाइने प्रावधान रहेको छ ।

सुरुवाती समयमा सुनचाँदी ब्यवसायीहरुले २४ क्यारेट सुनमा २२ क्यारेट मात्र सुन राख्ने गरेकाले सन् २०१३ सालदेखि यसको टेस्टलाई प्रयोगमा ल्याइएको ज्ञवालीले बताए ।

केही वर्ष अघि सुनको गुणस्तरको विषयलाई लिएर पोखरा, चितवन र काठमाडौंका विभिन्न सुन पसलहरुमा मुद्दा लागेको र ती मध्ये धेरैले सजाय पनि पाएको उनले बताए ।

ज्ञवाली भन्छन् ‘पछिल्लो आर्थिक वर्षको असार साउनमा काठमाडौंका केही पसलका सुनहरु जाँचका लागि ल्याइए पनि खासै खराबी भेटिएको छैन ।’

चाँदीको लागि अनुगमन कम हुने गरे पनि बेपारी आफै अन्य देशहरुमा चाँदी पठाउँदा जाच गर्नका लागि दैनिक जसो आउने गरेको उनको भनाइ रहेको छ ।

Publish on: