काठमाडौं । नेपाल टेलिकमले आजबाट ऋण स्वरुप ब्यालेन्स दिने योजना सार्वजनिक गरेको छ । टेलिकमले दिने उक्त ऋणमा कुनै प्रकारको व्याज लाग्ने छैन ।
‘नमस्ते क्रेडिट’ नाम दिइएको यस ऋण योजनाले मोवाइलमा कुरा गर्दा गर्दै पैसा सकिएमा ऋण लिन पाइने छ ।
आफ्नो १४ बर्ष पुरागरी १५ बर्ष पुरा गरेको अबसर पारेर कम्पनीले यो योजनाको आजबाट सफ्ट लन्च सुरु गरेको हो ।
‘एक महिनापछि व्यावसायिक रुपमा यो योजना संचालनमा आउने छ’ टेलिकम कि महाप्रबन्धक कामिनी राजभण्डरीले जानकारी दिइन् ।
उक्त सेवाको संचारमन्त्री मोहनबहादुर बस्नेतले आज एक कार्यक्रमका बीच सुरुवात गरेका हुन् ।
कुरा गर्दा गर्दै फोनको व्यालेन्स सकिए पनि फोन काटीने छैन । पछि रिचार्ज गर्दा उक्त रकम काटिने टेलिकमले जानकारी दिएको छ ।
यस्तै टेलिकमले अन्तराष्ट्रिय आगमन कल प्राप्त गर्ने कम्पनीका ग्राहकलाई पनि बोनस दिने भएको छ । प्रत्येक ७ दिनमा ७ मिनेटभन्दा बढी कल प्राप्त भएमा आगामी माघ २५ गतेदेखि आगामी बैशाख २५ गतेसम्मको लागि यस्तो प्याकेज दिने भएको हो ।
कम्पनीले माघ २५ गतेदेखि बैशाख २५ गतेसम्मको लागि ‘स्प्रिङ अफर’ अन्तरगत विभिन्न प्याकेजहरु दिने घोषणा गरेको छ ।
SHARE YOUR THOUGHTS